१३ बैशाख २०८१, बिहीबार 1714109519
Banner

ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै उपत्यकामा आज सार्वजनिक यातायात बन्द

काठमाडौँ । यातायात मजदुरले काठमाडौँ उपत्यकाभित्र चल्ने सम्पूर्ण यातायात साधन आज बन्द गर्ने घोषणा गरेका छन् । यातायात मजदुर संघ, संगठनहरुले हिजो एक विज्ञप्ती जारी गर्दै उपत्यकामा आजदेखि सवारी साधन नचलाउने घोषणा गरेका हुन् ।

ट्राफिक प्रहरीको जयादतीको विरूद्धमा उत्रिएका यातायात मजदुरको आन्दोलनमा प्रहरीले दमन गरेपछि उनीहरूले सोमबार एक प्रहरी भ्यानमा आगजनी गरेका छन भने १० भन्दा बढी मजदुर पक्राउ परेका छन ।

उनीहरूले ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलन गरेका थिए । प्रहरीले आन्दलोनमा दमन गरेपछि बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरूले दुईवटा प्रहरीको गाडीमा आगो लगाएका थिए ।

प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् । यातायात मजदुरले आजदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन् ।