१५ बैशाख २०८१, शनिबार 1714203329
Banner

ताप्लेजुङमा ४.८ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङमा ४.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

आइतबार राति १० बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका जिल्लामा महसुस भएको थियो । 
यसअघि माघ १८ गते पनि ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।