१४ बैशाख २०८१, शुक्रबार 1714192424
राजनीति

मेयर बालेनको मुल्यांकन गर्ने बेला भएको छैन : पूर्व मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिका पूर्वमेयर विद्या सुन्दर शाक्याले अहिले नै मेयर बालेन्द्र शाहलाई मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । उनले पत्रकारसँग कुराकानीका क्रमम यस्तो बताएका हुन् ।

मेयर शाह बाहिर धेरै नारा लगाएको तर अहिलेसम्म केही नयाँ काम गर्न नसकेको पनि उनले बताए । उनले अहिलेसम्म ३२ वटा वडामा आफूले सुरु गरेको योजनाहरूमात्र सञ्चाालन भइरहेको उनले बताए । उनले भने,‘ जसरी बाहिर बोलेर आएका थिए, पदमा आएपछि त्यहाँको नीति नियमले बाध्छ ।’

उनले महानगरमा आफूले सुरु गरेको योजना अझै धेरै फाइल अघि नबढेको बताए । उनले ३२ वडामै आफूले सुरु गरेको भौतिक संरचनाबाहेक अन्य विषय सुरु नभएको उनको दाबी छ । उनले भने, ‘मैले स्वीकृत गरेको योजनाको टेण्डरसमेत भएको छैन ।’