१४ बैशाख २०८१, शुक्रबार 1714161378
Banner

५४ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा एक हजार ७९४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार चार हजार ९२९ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ५३८ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८।१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।