१४ बैशाख २०८१, शुक्रबार 1714153299
Banner

सडक मिचेर बनाएको मैतिदेविको प्रहरी बिट महानगरले हटायो

काठमाडौं । सडक मिचेर बनाएको मैतिदेवी चोकको प्रहरी बिट काठमाडौं महानगरपालिकाले हटाएको छ । सडक मिचेर बनाइएको संरचना हटाउने महानगरको अभियानमा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिट खाली गराएको हो।

आज महानगर प्रहरीले प्रहरी बिट खाली गराएको महानगर प्रहरीले जनाएको छ । केहीबेर पछि भवन पनि भत्काइने प्रहरीले जनाएको छ। प्रहरी बिटमा रहेको सामान ट्रकमा राखेर लगिएको छ ।