१४ बैशाख २०८१, शुक्रबार 1714149417
Banner

सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको बिरुद्ध क्यानमा प्रदर्शन


काठमाडौं । बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै बिरोध प्रदर्शन भएको छ । शनिवार दिउँसो माईतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानबिरुद्ध प्रदर्शन भएको हो । क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो ।

क्रिकेटर लामिछाने शुक्रवारबाट नियमित अभ्यासमा छन् । बलात्कारको आरोप लाकेपछि सन्दीपलाई क्यानले निलम्वन गरेको थियो । गत मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले नेपालको क्रिकेटलाई उकास्नका लागि सन्दीपलाई खेलाउनैपर्ने बाध्यता रहेको क्यानले जनाएको थियो । बैठकले सन्दीपमाथिको निलम्वन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो ।

अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन । प्