२१ बैशाख २०८१, शुक्रबार 1714795813
Banner

शिवराजले स्वीकारे निहारिका र बच्चा, अदालतमा गरे मिलापत्र

काठमाडौं । ‘कुमारी आमा’ का रुपमा प्रचारित निहारिका राजपुत र उनले ‘बलात्कारी’ आरोप लगाएका शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ । उनीहरु  एक-अर्कालाई श्रीमान-श्रीमतीका रुपमा स्वीकारेर सँगै मिलेर बस्न तयार भएका हुन्।

निहारिकाले शिवराजबाट बलात्कृत भएको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, सो मुद्दामा अदालतले शिवराजलाई सफाइ दिएको थियो ।

त्यसपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् । उक्त पुनरावेदनको फैसला नआउँदै सोमबार धनुषा जिल्ला अदालतले उनीहरुबीच मेलमिलाप गराइदिएको हो ।

उच्च अदालतको आदेशमा निहारिकाको बच्चा र शिवराजको डीएनए टेस्ट गराइएको थियो । उनीहरुको डीएचए म्याच भए पनि बलात्कार प्रमाणित हुने आधारहरु भने कम थिए । उच्च अदालतमा मुद्दाको पेशी आगामी २५ गतेलाई तोकिएको छ ।