११ बैशाख २०८१, मंगलवार 1713901109
अर्थ

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रूपमा मनाउने

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रूपमा मनाउने भएको छ। आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले फेबु्रअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरुसम्बन्धी जनचेतना जगाउने महिनाका रूपमा मनाउन लागेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ ।

युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गरिँदै आएको छ ।

नेपाल सरकारले विगत ६० वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई देशभर आयोडिनयुक्त नुनको आपूर्तिको जिम्मेवारी दिएको छ ।

आजदेखि सुरु भएको आयोडिन मन्थमा चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी-सर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटिने र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये Visible Goiter सन १९८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन । नेपाल सरकारले दिएको निर्देशन अनुसार यस कपरिशनले आयोडिनयुक्त नूनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष अनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या १० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको NNMS सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको NDHS सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ ।