३१ बैशाख २०८१, सोमबार 1715656760
Banner

नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगे रवि

काठमाडौं । नागरिकताको पुनरप्राप्तिका लागि रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।

शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः नागरिकता बनाउन प्रशासनमा पुगेका हुन् ।

अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । अदालतले लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद, मन्त्री पार्टी सभापति एवं संसदीय दलको नेताबाट पद मुक्त हुनुपरेको थियो ।