१४ बैशाख २०८१, शुक्रबार 1714158702
Banner

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ ।

नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हाल्नुभएकाे छ भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

मतदानमा ५८ सांसद उपस्थित थिए । एमालेबाट जेष्ठ सदस्य  मित्रलाल वस्यालले सभाअध्यक्षको भूमिकामा हुनुहुन्थ्याे । 

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित हुनुभएको थियो । एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गर्नुभएकाे थियाे ।