१४ बैशाख २०८१, शुक्रबार 1714139259
राजनीति

हामी जनमतको कदर गर्दै सरकारमा गएका हौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जनमतको कदर गर्दै सरकारमा गएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सँधै सरकारको प्रतिपक्षी भएर आवाज उठाउनेले सरकारमा जान हतारो गरेको प्रश्न आफूहरूलाई भए पनि जनमतको कदर गर्दै सरकारमा गएको बताउनुभयो ।

‘नेपालको राजनीतिक इतिहासमा एक पार्टीको उदय ठूलो कुरा होइन होला। तर हामीले छोटो अवधिमै यो साथ र सहयोग पाएका छौ यो हाम्रो लागि ठूलो कुरा हो। हामी सँधै खरो प्रतिपक्षीको कुरा गर्थ्यौ तर मौका पाउने बित्तिकै सरकारमा गएको भन्ने प्रश्न पनि उठेको छ। यो स्वभाविक हो। तर हामीले जनमतलाई कदर गरेका हौँ। जनताले हामीलाई दिएको यो आशाको मत हो। यो मतको सही सदूपयोग गर्न हामी सरकारमा गएका हौँ।’

लामिछानेले आम जनताका न्यूनतम आवश्यकता पूरा गर्न निर्मम भएर लाग्ने बताउनुभया।