८ बैशाख २०८१, शनिबार 1713638307
Banner

हिजो मेरो नाम मात्र लिदा निषेध गरिएको ठाउँमा आज आफै उपस्थित हुँदा अनौठो लागिरहेको छ : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफनो विगत संम्झिदै संसदमा आफनो भनाइ राख्नुभएको छ। उहाँले विगतमा संसदमा आफनो नाम मात्र उच्चारणगर्न निषेश गरिएको ठाउँमा आज आफै उपस्थिती हुँदा अनौठो लागेको बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो पार्टी लागि पर्ने बताउनुभयो ।

संसद बैठकमा पहिलो पटक सम्बोधन गर्न पाउने अवसर दिने जनतालाई धन्यवाद दिँदै र आफ्नो क्षेत्रमा पूर्व अग्रज स्वर्गीय गजेन्द्र नारायण सिंह र यसअघिका सांसद उपेन्द्र यादवलाई स्मरण गर्दै जनताको पक्षमा काम गर्ने गरी आएको बताउनुभयो ।

प्रधानमन्त्रीले आफूहरूलाई स्वागत गर्दा नयाँ सोच र हुटहुटी आवेगलाई सम्बोधन गर्ने प्रतिवद्धता सुखद रहेको भन्दै राउतले भने, हामीलाई देशमा केही गरौँ भन्ने आवेग छ। यो आवेगमात्र होइन् अग्रजप्रति सम्मान पनि छ। उहाँको भनाइ थियो ।