१४ बैशाख २०८१, शुक्रबार 1714122349
Banner

सरकारको न्यूनतम साझा कार्यक्रम भोलि सार्वजनिक हुने

काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ।

नेकपा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो ।

कार्यदलको आज अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्युनतम् साझा कार्यक्रमलाई पूर्णता दिए पनि तयार भएको मस्यौदा भोलि शनिबार बस्ने शीर्ष नेताको बैठकमा पेश गरिने बताइएकाे छ । भाेलि शीर्ष नेताहरुलाई बुझाएपछि भोलि नै सरकारको न्युतम् कार्यक्रम सार्वजनिक हुने कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिनुभयो  

न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण,स्वास्थ शिक्षा,सेवा प्रवाह चूस्तदुरुस्त,मलका विषयलगायतका कार्यक्रमहरु समावेश गरिएको छ । जसअन्तर्गत् धेरै घुँइचो हुने सरकारी कार्यालयमा टाइम कार्ड, किसानलाई सहज तरीकाले मलको व्यवस्था, युवा स्वरोजगार कार्यक्रम लगायत प्राथमिकतामा राखिएको छ ।

सुशासन,राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा सुधार,समृद्धि र शान्तिप्रक्रियाको पूर्णतासहितका एजेन्डालाई सरकारको प्राथमिकताका कार्यक्रममा समेटिएको छ । यस्तै,महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीति पनि यो सरकारको प्राथमिकतामा परेको छ । नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने,भ्रष्टाचार नियन्त्रण,जनजीविकाका सवाल केन्द्रमा राखेर न्यूनतम कार्यक्रम ल्याउने तयारी सत्ता साझेदार दलहरूको छ ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।