१४ बैशाख २०८१, शुक्रबार 1714185292
Uncategorized

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीलाई झापामा अभिनन्दन

भद्रपुर, झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृह जिल्ला झापामा अभिनन्दन गरिएको छ ।

शनिबार एमाले झापाले सम्मान कार्यक्रमको आयोजना गरेर ओलीलाई अभिनन्दन गरेको हो ।दशौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीसहित झापाका विभिन्न कमिटीमा निर्वाचित सदस्यदेखि अध्यक्षलाई बधाई सहित स्वागत–सम्मान गरिएको हो । त्यस्तै जिल्लाको १३१ वटा वडाको नयाँ जिम्मेवारीमा आउने एमाले कार्यकर्ताहरूलाई समेत स्वागत–सम्मान गरिएको थियो ।

अध्यक्ष ओलीले झापाको सम्मानप्रति आभारसहित प्रशंसा व्यक्त गरेका छन् । जनताले गरेको विश्वास र आशा पूरा गर्ने  प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।