१४ बैशाख २०८१, शुक्रबार 1714144516
Banner

समानुपातिक सांसदको अन्तिम सूची नटुंगि सकियो माओवादी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ ।

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिनुभयो ।

भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताउनु भयो । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।