११ बैशाख २०८१, मंगलवार 1713936489
Banner

राष्ट्रपति भण्डारीद्वारा हस्तकला व्यापार मेलाको उद्घाटन

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तकला व्यापार मेला तथा प्रतियोगिताको उद्वघाटन गर्नुभएको छ ।

शुक्रबार राजधानीमा नेपाल हस्तकला महसङ्घद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको उद्वघाटन गर्नु भएको हो ।

उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहनाअनुरुप वस्तु डिजाइन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा बिक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन् । विदेशी प्रदर्शनीकर्तामा पकिस्तानबाट व्यापारीहरूको लगभग ३ वटा स्टल रहने छन् । मेलामा रहने स्टलहरूमध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ ।