२५ बैशाख २०८१, मंगलवार 1715082919
Banner

बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३ ६० मतान्तरले पराजित गरेका हुन् ।

बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २४८ मत प्राप्त गरे । ०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ ।