१५ बैशाख २०८१, शनिबार 1714205912
Banner

खेलकुद महासंघ बागमती प्रदेशमा कार्कीको नेतृत्वमा ४३ सदस्यीय प्रदेश कमिटी गठन

हेटौँडा । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटिको पहिलो अधिवेशनबाट प्रदेश अध्यक्षमा सिताराम कार्की चयन हुनुभएको छ । आज हेटौँडामा भएको पहिलो प्रदेश अधिवेशनले कार्कीको अध्यक्षतामा ४३ सदस्यीय प्रदेश कमिटि सर्वसहमत चयन भएको हो । अधिवेशनको उदघाटन गदै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल विचारमा अडिक रहन नसक्ने व्यक्तिव रहेको टिप्पणी गर्नुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै नेता बास्कोटाले प्रचण्ड र नेपाल रंग बदल्न अग्रसर रहने व्यक्तिव रहेका बताउँदै छेपारो पनि रंग फेर्ने प्रतियोगितामा प्रचण्ड र माधव संग हारेको बताउनुभयो । उहाँले अधिवेशन सहभागि कार्यकर्ताहरुलाई अब प्रचण्ड र नेपाललाई के पुरस्कार दिने भनेर प्रश्न समेत गर्नुभयो ।

‘एमालेको छातिमा छुरी रोपेर अहिले मन्त्री खान गएका एक दुई जनाले भनेको सुनियो,एमालेलाई टर्च बालेर खोज्नु पर्छ । के टर्च बालेर खोज्नु तिमिहरुलाई अब हामी म्युजियममा पठाईदिन्छौ । तिम्रो नेपाली समाजमा कुनै हैसियत छैन् । म्युजियममा समाजवादी । भन्नुभयो,यति रंग फेरे,यति रंग फेरे । यो पाँच सात महिनामा । छेपारो पनि माधव नेपालसित हारेर मैदान छोड्यो । पुष्पकमलसित हारेर मैदान छोड्यो । रंग फेर्ने प्रतियोगितामा माधव नेपाल र पुष्पकमल दाहालसित छेपारो हार्यो । पुरस्कार के दिने ? छेपारोलाई के पुरस्कार दिने,रंग फेर्न प्रतियोगितामा जिते,के पुरस्कार दिने ? नेपाली पोलिटिक्सबाट कोल्याप्स रिटाएर । त्यही एउटै प्रमाण पत्र दिने कहिले ? बैशाख ३० गते स्थानीय तहमा । त्यसपछि आम निर्वाचनमा ।’

नेता बास्कोटाले जनादेशको सरकारलाई सर्वोच्च अदालतका ५ जना न्यायधिशले परमादेश मार्फत हटाउने काम गरेको बताउनुभयो । उहाँले एकलाई परमादेश सरकारले हटाएको र ४ जनालाई के गर्ने भन्ने विषयमा आफुहरुको हातमा रहेको बताउनुभयो । उहाँले ४ जनालाई एमालेले समय आएपछि ठेगान लगाउने समेत बताउनुभयो।

कार्यक्रममा खेल क्षेत्रको विकास, विस्तार र भौतिक अवस्थालाई थप सुधारको लागि एमालेले खेलकुद महासंघ मार्फत पर्याप्त कार्यक्रमहरु सञ्चालन गर्ने महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले बताउनुभयो । खेलकुद क्षेत्रलाई माया गर्ने पार्टी नेकपा एमाले मात्र भएको भन्दै बस्नेतले प्रदेश कमिटिले आजैबाट खेल क्षेत्रको विकासको लागि योजनाहरु बनाएर काम गर्ने सुनाउनुभयो ।

आफुहरुलले खेल क्षेत्रको लागि आवश्यक पुर्वाधार निर्माण, खेलाडीहरुको उत्पादनको लागि एकेडेमी सञ्चालनको साथै खेलकुदमा समर्पितको लागि विभिन्न योगदानको कार्यक्रमहरु सञ्चालन गरेको उहाँले बताउनुभयो ।

आज चयन हुनुभएका कमिटिको उपाध्यक्षहरुमा रामकृष्ण ढकाल (चितवन), सविता पाण्डे (नुवाकोट) चयन भएका छन् । सचिवमा जनरल श्रेष्ठ (मकवानपुर) उपसचिवहरुमा रोशन क्षेत्री (धादिङ), नविना खनिया (चितवन) र कोषाध्यक्षमा इन्द्रप्रसाद सञ्जेल (मकवानपुर) लगायत चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आजै सपथग्रहण समेत भएको छ ।

कार्यक्रममा सस्थापक अध्यक्ष पुरुषोतम पौडेल, सहईन्चार्ज रमेश पौडेल, पुर्ब मुख्यमन्री डोरमणी पौडेल लगायत पार्टी नेता र महासंघ आयोजक कमिटी सदस्यहरुको सभागिता थियो ।