२१ बैशाख २०८१, शुक्रबार 1714741357
प्रदेश

माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकोप्टरबाट दुनै ल्याइयो

यही ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको प्रयासपछि उनीहरूलाई आज डोल्पा सदरमुकाम पु¥याइएको हो । यसका लागि नेपाली सेनाको हेलिकोप्टरले आज सात फ्लाइट गरेको थियो ।

निर्वाचनका लागि चार हजारदेखि पाँच हजार मिटरको उचाइमा रहेका १२ मतदान केन्द्रमा खटाइएका मध्ये एक सय ३९ कर्मचारी रोकिएका थिए । उनीहरूलाई ओसार्न बिहीबार डोल्पा सदरमुकाम पुगेको नेपाली सेनाको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण फर्केको थियो । त्यसपछि आज हेलिकोप्टरको व्यवस्था मिलाएर माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्ध गाउँपालिकाका १२ मतदान केन्द्रका कर्मचारी ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयो । “सुरुमा मतपेटिका सङ्कलनमा प्राथमिकता, पछि मौसम प्रतिकूलता र प्राविधिक कारणले छिटो ल्याउन खोजिए पनि ढिला भयो,” प्रजिअ अधिकारीले भन्नुभयो, “भिजेर, साल्दाङ् कुगाउँ, धो, तिलिङलगायत स्थानमा रहेका कर्मचारी र सुरक्षाकर्मी सबैलाई आज सकुशल सदरमुकाम डोल्पा पुर्याइएको छ ।” अत्यधिक चिसो, खान, बस्न र बिरामी हुने समस्यालाई बुझेर सरकारले अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै कर्मचारी पवित्रा बोहोराले धन्यवाद दिनुभयो ।