१४ बैशाख २०८१, शुक्रबार 1714153329
Banner

गर्दन दुख्दा अपनाउनुपर्ने यस्ता छन् चिकित्कको सुझाब

डा. हेमराज कोइराला
काठमाडौं । व्यस्तता, भागदौड़ र तनावग्रस्त जीवन जिउने जो कोहीको पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन्। गर्दन दुखाइ गर्दनको हड्डी खिएर, नसा च्यापीएर कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ। यस्तो अवस्थामा गर्दनका मांसपेशीलाई बलियो बनाउने निम्न व्यायाहरु गर्नुपर्ने योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका निर्देशक डा.हेमराज कोइरालाका अनुसार यो व्यायाम उभिरहेको , बसिरहेको वा उत्तानो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढ़ी प्रभावकारी हुन्छ।

गर्दन दुख्दा गर्नुपर्ने व्यायामहरू
व्यायाम १.
दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने : ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस। अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस्। हात राखेपछि हातले टाउको लाई अगाडी र टाउकोले हात लाई पछाडि पट्टी धकेल्नुस् र २० सेकेण्ड सम्म रोकेर राख्नुहोस् ।

दुव्यायाम २.
दुवैहातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने : ढाड कमर दर्दं सीधा राखेर बस्नुहोस। अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस्। हात राखेपछि हातले टाउको लाई पछाडि र टाउकोले हात लाई अगाडि पट्टी धकेल्नुस् र २० सेकण्ड सम्म रोकेर राख्नुहोस् ।
व्यायाम ३.
देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस्। अब देब्रे हातले दाहिने तीर ठेल्नुस् र टाउकोले देब्रे तीर ठेल्नुहोस् र २० सेकेण्ड सम्म रोकेर राख्नुहोस् ।
व्यायाम ४.
दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने : पूर्ववत अवस्थामै बस्नुहोस र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस्। अब दाहिने हातले देब्रेतीर ठेल्नुस् र टाउकोले दाहिने तीर ठेल्नुहोस् र २० सेकेण्ड सम्म रोकेर राख्नुहोस् ।
यी सबै वयायाम हरुलाई ५ / ५ पटक दोहोरयाएर गर्नुपर्दछ ।