२० बैशाख २०८१, बिहीबार 1714682862
Banner

काठमाडौंको जावलाखेल, बूढानीलकण्ठ, हाँडीगाउँमा शंकास्पद वस्तु फेला

काठमाडौं । निर्वाचन नजिकिदै गएपछि काठमाडौंका बिभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । ललितपुरको जावलाखेल, बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको हो । आज बिहान जावलाखेलको गणेश चोक शंकास्पद बस्तु भेटिएको थियो । त्यस्तै हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

बूढानीलकण्ठस्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेका हुन् । निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।