५ जेष्ठ २०८१, शनिबार 1716031133
Banner

चुनावका लागि ८ करोड ३ लाख ९४ हजार मतपत्र छापिए

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल ८ करोड ३ लाख ९४ हजार ५०० मतपत्रको छपाइ सम्पन्न भएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ १ करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ २ करोड ४ लाख २१ हजार मतपत्र छपाइ भएको छ ।

प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड ९९ लाख १८ हजार ५०० र समानुपातिकतर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो ।