२४ बैशाख २०८१, सोमबार 1714988134
राजनीति

नेकपा एससंग देश विकासको कुनै दृष्टिकोण नभएको भन्दै केन्द्रीय सचिवालय सदस्य एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका युवा संघ केन्द्रीय सचिवालय सदस्य भानु खनाल र अनेरास्ववियु स्थायी कमिटि सदस्य आकाश खनाल पुन एमालेमा फर्किएका छन्।

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनीहरु एमालेमा फर्किएका हुन्।

उनीहरुलाई अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बराल, वरिष्ठ उपाध्यक्ष आरसि लामिछाने, सम्पर्क समन्वय विभागका सहसंयोजक थानेश्वर बस्याल सचिवालय सदस्य गोपाल खनाल लुम्बिनी सम्पर्क कमिटीका अध्यक्ष नारायणी सन्तोषी पाण्डे अर्घाखाँची जिल्ला सम्पर्क कमिटीका अध्यक्ष बिशाल मिश्र लगायतले पार्टीमा स्वागत गरे।

यस्तै अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गरिन्। राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाई एमालेलाई साथ दिई देश विकासको अभियानमा लाग्न उनले आग्रह गरिन्।

एमाले प्रवेश गरेका आकाश खनालले नेकपा एससँग देश विकासको कुनै दृष्टिकोण नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताए। लोकगायक समेत रहेका आकाश खनाल र सफल युवा उद्यमि भानु खनाल दुवैले आउने चुनावमा एमाले उम्मेदवारहरू जिताउन युवाहरू परिचालनको नेतृत्व लिने बताए।