१२ बैशाख २०८१, बुधबार 1713989744
राजनीति

काठमाण्डौ ५ (१) बाट सिलवाललाई निर्वाचित गराउन मतदाता उत्साहित (तस्विर)

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ५ (१) को प्रदेशसभा सदस्यका एमालेका उम्मेदवार नारायण सिलवालले निर्वाचन लक्षित मतदाता भेटघाट कार्यक्रम अन्तरगत काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ५ का जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटघाटका क्रममा सिलवाल पञ्चधारा, खहरे गल्ली र गोरखनाथ मार्गका जनतालाई भेटेका छन् ।

भेटघाटका क्रममा सिलवालले यसअघिको निर्वाचन जितेपछि ५ वर्षको अवधिमा गरेका कामप्रति जनताले खुशी व्यक्त गरेका थिए । सिलवालले गोरखनाथ मन्दिर र मन्दिरभित्रको पार्क र पञ्चधाराको निर्माण गरेका थिए । यसबाहेक हाँडीगाउँमा सम्पदा संरक्षणमा सिलवालले खेलेको भूमिकाको उनीहरुले प्रशंसा गरे ।

गोरखनाथ मन्दिरको सत्तल, पञ्चेधारा, हाँडीगाउँस्थित सत्यनारायण मन्दिरको सत्तल र चारतैतिरको पर्खाल पुनर्निमाण, गहनापोखरीस्थित सत्तल निर्माण, हाँडीगाउँ कोटालटोलस्थित त्रिशक्ति क्लबको भवन पुनर्निर्माण, कोटालटोलस्थित कोटागुठी घरको पुनर्निर्माण, हाँडीगाउँ ओरालोमा रहेको ढुंगेधारा पुनर्निर्माण, रुद्रमतिस्थित नमोबुद्ध विहारसँगैको पार्क निर्माण, भीमसेनथानस्थित भीमसेन मन्दिरको पर्खाल तथा सोही स्थानमा बासकेटबल कोर्ट निर्माण लगायतका काम सिलवालको अघिल्लो कार्यकालमा सम्पन्न भइसकेको छ । यि काम सम्पन्न गर्नमा काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित ईश्वर पोखरेल र स्थानीयबासीको पनि महत्वपूर्ण साथ र सहयोग मिलेको सिलवालले जानकारी दिए ।

उनको यो कामबाट त्यस क्षेत्रका जनता सन्तुष्ट भएर पुनः निर्वाचित गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी त्यस क्षेत्रका युवाहरुले सिलवालको विकास निर्माणप्रति सन्तुष्टी व्यक्त गरेका छन् । जनतासँगको भेटघाटका क्रममा सिलवालाई खानेपानीको समस्या यथावत रहेको भन्दै त्यसको समाधान गर्न आग्रह गरेका छन् ।