६ जेष्ठ २०८१, आईतवार 1716116873
Banner

राष्ट्रपति, प्रधानमन्त्रीले लगाउनुभएन भाइटीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटीका नभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसवर्ष माइतीतर्फ जुठो परेका कारण भाइटीका नभएको स्वकीय सचिव शिव भट्टराईले बताउनुभयो । राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाको हातबाट टीका नलगाएको उहाँले बताउनुभयो

। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस वर्षको भाइटीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाउनु भएको थिएन ।