२२ बैशाख २०८१, शनिबार 1714824698
Banner

काठमाडौं महानगरले मापदण्डविपरीतका पेट्रोल पम्प तिहारपछि हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका पेट्रोल पम्पको हटाउने तयारी गरेको छ । नक्साविपरीत अवैध रुपमा सञ्चालित पेट्रोल पम्प हटाउने तयारी गरेको हो ।

तिहार सकिएलगत्तै महानगरको मापदण्ड पालना नगर्ने पेट्रोल पम्प हटाउने महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनले मापदण्ड पालना गरेका र नगरका पेट्रोल पम्प छनोट गर्ने काम भइरहेको बताए ।

महानगरले ३५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउने अभियान सुरु गरेको थियो । बानेश्वर क्षेत्रबाट सुरु भएको अभियान तिहारको समयमा केही दिनका लागि स्थगित भएको महानगरले जनाएको छ ।