२२ बैशाख २०८१, शनिबार 1714856857
पालिका

ललितपुरमा पूर्व उपमेयरसहित एकीकृत समाजवादीका नेता एमाले प्रवेश

काठमाडौं । ललितपुरमा एकीकृत समाजवादीका दुई नेता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्व उपमेयर तथा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य निर्मला थापा र एकीकृत समाजवादी निकट बुद्धिजिवी परिषद्का केन्द्रीय सदस्य अशोक थापा आइतबार एमालेमा प्रवेश गर्नुभएको हो ।

बालकोटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका नेता रत्नमान महर्जन, बलराम महर्जन, हीराकाकी महर्जन र एकीकृत समाजवादीका नेता रामसिंह महर्जनलगायत १०६ जना जिल्लास्तरीय नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको थियो । उहाँहरु सबैलाई अध्यक्ष ओलीले नै स्वागत गर्नुभएको थियो ।