१४ बैशाख २०८१, शुक्रबार 1714125118
Banner

बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच विद्यार्थीको मृत्यु

बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ ।

पाटन नगरपालिका-३ स्थित झालीमाली भिरबाट ट्रिपर खस्दा ट्रिपरमा सवार विद्यार्थीको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।

उक्त ट्रिपरमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु भएको सुन्नमा आएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन् ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ ।