१२ बैशाख २०८१, बुधबार 1713967550
Banner

चेक बाउन्सको आरोपमा व्यवसायी अमित अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरको आरोपमा ग्रीन लाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । शनिबार पक्राउ परेका उनलाई अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका थिए ।

चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए ।

अग्रवालको दिएको डेढ करोड र ५० लाख रुपैयाँको चेक बाउन्स भएको आरोप छ ।