२४ बैशाख २०८१, सोमबार 1715052672
विश्व

युक्रेनले थप भूभाग फिर्ता गरेको दाबी

युक्रेनले दक्षिणमा क्षेत्र थप भूभागहरु फिर्ता गरेको छ । धेरै दिनको तीव्र रुसी क्षेप्यास्त्र हमलापछि किभमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पु¥याउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको बुधबार जनाएको छ । अमेरिकाको नेतृत्वमा करिब ५० देशको समूहले ब्रसेल्समा रहेको नेटो मुख्यालयमा वार्ता गरेको र किभलाई नयाँ क्षेप्यास्त्र विरोधी प्रणाली उपलब्ध गराउने वाचा गरेको हो ।

युक्रेन रुसी आक्रमणबाट त्रसित छ । यसमा परी दर्जनौं मारिएका र घाइते भएका छन् साथै गाउँ र सहरहरू विद्युत र तातो पानीविहीन छन् । ‘प्रणालीहरू उपलब्ध गराइनेछ, जति छिटो हामी तिनीहरूलाई भौतिक रूपमा त्यहाँ पु¥याउन सक्छौं,’ अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले बैठकपछि जानकारी दिनु भएको छ । पश्चिमी ऐक्यवद्धताको थप प्रदर्शनमा, जी७ ले आवश्यता भएसम्म युक्रेनको साथमा उभिने वाचा गरेको छ ।

बलियो युक्रेनको दिशातर्फ अघि बढ्नको लागि आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टालिना जर्जिएभाले वाचा गर्नु भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसी क्षेप्यास्त्र आक्रमणलाई आतङ्कवादको कार्यको रूपमा वर्णन गर्नु भएको छ ।