२२ बैशाख २०८१, शनिबार 1714847369
Banner

राष्ट्रपति विद्यादेवी भण्डारीबाट भगवतीको दर्शन (फोटो फिचर)

काभ्रे- राष्ट्रपति विद्यादेवी भण्डारीले अष्टमकीको अवसरमा आज काभ्रेको पाँचखाल नगरपालिका ९ स्थित पलाञ्चोक भगवती मन्दीरमा पाठपुजा एवं दर्शन गर्नुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्रमा अवतरण गरि छोरी निशाकुसुम सहित मन्दिर परिसरमा पुग्नुभएको हो । राष्ट्रपति भण्डारीलाई समितिका प्रतिनिधिहरुले मन्दिर पुनर्निर्माण र व्यवस्थापनका बारेमा जानकारी गराएका थिए ।

करिब १५ मिनेटसम्म मन्दिर परिषदमा पाठपुजा गर्नुका साथै मन्दिरको बस्तुअवस्था बारे जानकारी लिनुभएको थियो ।
मन्दिर १७ सय वर्ष पहिले परापुर्वक कालमा स्थापना भएको किम्बदन्ती रहेको छ । भगवतीको मूर्ति मध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकोले पनि अन्य भगवतीहरु मध्ये पलाञ्चोक भगवती वढी चर्चित र गन्तव्य स्थानको रुपमा रहेको पाइन्छ ।

पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनले चिताएको कुराहरु पुरा भएको भन्दै नेपालका विभिन्न स्थानकाबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।