१ जेष्ठ २०८१, मंगलवार 1715694488
Banner

स्याउ बोकेको ट्रक दुर्घटना, एकको मृत्यु

काठमाडौं । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना भएको छ । हिमा गाउँपालिका –१ आचार्य लिहीमा स्याउ वोकेको ट्रक बुधबा राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक दुर्घटना हुँदा मकवानपुर निवासी चालक अविनाश लामाको निधन भएको छ । सो दुर्घटनामा सहचालक मकवानपुरका हरि न्यौपाने घाईते हुुनु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाइतेको राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको छ ।

हिमा गाउँपालिका –१ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका –१ को बझाङे खोलामा भएको थियो । दुर्घटना पछि घाइतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको छ ।