१८ बैशाख २०८१, मंगलवार 1714509588
Banner

एमाले सचिवालयको बैठक भोलि बस्ने

काठमाडौं – प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्नका निम्ति नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

भोलि दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको हो ।

नेकपा एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने बताउँदै आएको छ । निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ ।