१४ बैशाख २०८१, शुक्रबार 1714130390
Banner

बालाजुमा बसको ठक्करबाट मृत्यु हुने दुवैको परिचय खुल्यो

काठमाडौँ – काठमाडौँको बालाजुमा बसको ठक्करबाट मृत्यु भएका दुवै जनाको परिचय खुलेको छ।

काठमाडौँको बालाजुस्थित गङ्गा हलअगाडि आज बिहान बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीका ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको मिश्रले बताउनु भयो ।