११ बैशाख २०८१, मंगलवार 1713883168
Banner

एमसीसीलाई निकास दिएर गठबन्धन बचाउन चाहन्छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं –  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सकेसम्म सत्ता गठबन्धन जोगाइ राख्ने पक्षमा रहेको बताउनु भएको छ ।

गठबन्धनको बैठकअघि आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउने मै रहेको बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी गठबन्धनका पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने ? भन्नेमा छौ । आज एउटा निचोड र निकास निकाल्नेतिर हाम्रो जोड रहेको छ । सकेसम्म यो गठबन्धन बचाउनेमै छ ।’ तीन नेताको छलफलमा गठबन्धनको बैठकका एजेण्डाबारे छलफल भएको थियो ।