५ जेष्ठ २०८१, शनिबार 1716094403
Banner

राष्ट्रपति भण्डारीले लीलाई भन्नुभयो, दुवै देश मिलेर सम्झौता कार्यान्वयनमा लैजानुपर्छ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई नेपाल–चीनबीच भएका सम्झौताहरुलाई कार्यान्वयनमा लानका लागि आग्रह गर्नुभएको छ ।  

शीतल निवासमा बुधबार आयोजित शिष्टाचार भेटवार्तामा  राष्ट्रपति भण्डारीले दुई मुलुक बीच हालसालै भएका सम्झौताहरुलाई कार्यान्वयनमा लगे नेपालको विकासमा टेवा पुग्ने बताउनुभयो । 

भेटकाक्रममा  अध्यक्ष लीले नेपालतर्फका केरुङ र तातोपानी नाकाहरु तत्काल सञ्चालन हुने जानकारी दिनुभयो  । अध्यक्ष लीले राष्ट्रपति भण्डारीको नेतृत्वमा महिला सहभागिताका लागि नेपालले हासिल गरेको प्रगति अनुकरणीय रहेको उल्लेख गर्दै यसबाट विश्वले सिक्नु पर्ने बताउनुभयो ।उहाँहरुबीच बुधबार दिउँसो ४ देखि ५ बजेसम्म भेटवार्ता भएको थियो ।