२३ बैशाख २०८१, आईतवार 1714949246
Banner

सर्वोच्चका न्यायाधीशहरु महाअभियोग सिफारिस समितिमा उपस्थित नहुने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशरूले संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेका छन् । 

बुधबार सर्वोच्च अदालतमा बसेको सम्पूर्ण न्यायाधीशहरूको फूलकोर्ट बैठकबाट संसदीय समितिमा कुनै पनि न्यायाधीश उपस्थित नहुने निर्णय गरेका हुन् । 

संसदीय समितिले निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा ‘मुछेका’ बहालवाला न्यायाधीशसहित केही पूर्वप्रधानन्यायाधीश र वकिलहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेको थियो । 

समितिको निर्णय आएसँगै सर्वोच्च अदालतमा न्यायाधीशहरूको फूलकोर्ट बैठक बसेको  थियो ।