२३ बैशाख २०८१, आईतवार 1714915042
Banner

विशालनगरमा चल्यो महानगरको डोजर (तस्विरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको विशालनगरमा अनधिकृत रुपमा बनाईएका संरचनाहरु मंगलबार डोजर लगाएर भत्काएको छ ।

३५ दिने सार्वजनिक सूचना जारी गरी पसल र घरधनीलाई आफै भत्काउन अनुरोध गरेपनि अटेर गरेपछि महानगरले पुनः माइकिङ गरी ताकेता गरेको थियो । महानगरको सूचनालाई वेवास्ता गरी बसेका पसलहरु मंगलबार डोजर लगाएर भत्काइएको हो ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले विशालनगरको मल्पी सिटि आसपासको क्षेत्रमा डोजर चलाएको हो ।