१६ बैशाख २०८१, आईतवार 1714356500
Banner

ली चान्शुको भेटवार्ताले सडक दिनभर प्रभावित हुने, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहनुभएका चीनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैहुनुहुन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग हुने उच्चस्तरीय भेटवार्तामा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ।

आज बिहान पौने ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

त्यस्तै साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।