१४ बैशाख २०८१, शुक्रबार 1714155651
Banner

सीट बाँडफाँटको टुंगो लगाउन विहानदेखि बसेको गठबन्धनको बैठकमा अझै सहमति जुटेन

काठमाडौं । सीट बाँडफाँट टुंग्याउन भनेर आज विहानदेखि बसेको गठबन्धनका बैठकमा सहमति जुटन सकेन । एउटै सीटमा दोहोरो, तेहेरो दाबी परेपछि सहमति जुटन नसकेको कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।


सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बिहानदेखि जारी छ। ‘एउटै सीटमा २र३ पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेका छन्’, कार्कीले भन्नुभयो ।

दलहरूले आ–आफ्नो अडान राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

कार्कीले भन्नुभयो, ‘सबैले लचिलो हुनुको विकल्प छैन । दलहरूको अडान छ सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौं ।’ गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।