६ जेष्ठ २०८१, आईतवार 1716111946
समाचार

२ सय ३० जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको  ३ हजार ८ सय ३६ जनाको कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

एक हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ र एक हजार ८८० एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।