२८ बैशाख २०८१, शुक्रबार 1715324464
Banner

चुनावपछि पनि काँग्रेसकै नेतृत्वमा सरकार बन्छ : पुर्वमन्त्री खड्का (भिडियो अन्तरवार्ता)

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पुर्वमन्त्री दिपक खड्काले सीटको बाँडफाँट सहमतिमा नै टुंग्याउने कोसिस भइरहेको बताउनुभएको छ ।

मंगलबार सूचनाप्रेससँग विशेष संवाद गर्नुहुँदै नेता खड्काले सकेसम्म आज हुने गठबन्धनको बैठकले सिट बाँडफाँडको टुंगो लगाउने बताउनुभयो । उहाँले नेपाली काँग्रेसलाई ९० र अन्य दललाई अरु सिटको बाँडफाँट हुन सक्ने अनुमान व्यक्त गर्नुभयो ।

नेता खड्काले पुराना नेताको त्याग, योगदानको कदर गर्नका लागि आगामी निर्वाचनमा पनि उनीहरुलाई जिताउनुपर्ने बताउनुभयो । गठबन्धनबाट चुनावमा जाने तयारी भएका कारण अवको निर्वाचनबाट नेपाली काँग्रेस लगायत गठबन्धन पहिलो हुने उहाँको दाबी थियो । निर्वाचनपछि पनि नेपाली काँग्रेसले नै सरकारको नेतृत्व गर्ने नेता खड्काले दोहोरयाउनुभयो ।