१४ बैशाख २०८१, शुक्रबार 1714160715
प्रदेश

धनुषाबाट महासेठ दम्पती उम्मेदवार सिफारिस

जनकपुरधाम । नेकपा एमाले धनुषाले प्रतिनिधिसभाको चार वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवार मात्रै छनौट गर्न सकेको छ । 

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठलाई र क्षेत्र ३ बाट पोलिटव्युरो सदस्य जुली कुमारी महतोको नाम एकल सिफारिस भएको छ । 

पार्टीको सम्बन्धित क्षेत्रीय कमिटीहरूको आइतबार बसेको बैठकले महासेठ दम्पतीको नाम सिफारिस गरिएको नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताउनुभयो । क्षेत्रहरूमा उनीहरु बाहेक कसैले इच्छा नराख्दा उनीहरूको नाम सिफारिस भएकोले उनले बताए । पूर्व मन्त्री समेत रहनुभएकी महतो नेता महासेठका धर्मपत्नी हुनुहुन्छ । 

क्षेत्र नम्बर ३ र ४ बाट प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरिए पनि समानुपातिक तर्फका नाम अझै सिफारिस हुन नसकेको उहाँले बताउनुभयो । पार्टीले भदौ २२ गतेसम्म सिफारिस गर्न समय दिएकोले अहिले बाँकी क्षेत्रीय कमिटीहरूको उम्मेदवार छनौटको विषयमा छलफलमै रहेको उहाँले बताउनुभयो।