२१ बैशाख २०८१, शुक्रबार 1714771558
राजनीति

नेम्बाङ इलाम क्षेत्र २ बाट सर्वसम्मत सिफारिस

इलाम । नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र २ बाट सर्वसम्बत् उम्मेदवार सिफारिस हुनुभएको छ ।  

जिल्ला पार्टीकमिटि बैठकले नेम्बाङको एकल नाम  सिफारिस गरेको  हो । जिल्लाले कमिटीबाट आएको सिफारिस प्रदेशमा पठाउने छ । अरूको नाम सिफारिस नभएकाले इलाम क्षेत्र २ मा एमालेबाट नेम्बाङको उम्मेदवारी निश्चित भएको बताईन्छ । 

नेम्बाङ २०५६ सालयताका सबै संसदीयरसंविधानसभा निर्वाचनमा यही क्षेत्रबाट निरन्तर विजयी हुनुभइसकेको छ । नेम्बाङले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका केशव थापालाई पराजित गर्नुभएको गियो । नेम्बाङले त्यो बेला ३६ हजार ५ सय १७ मत प्राप्त गर्नूभएको थियो भने पराजित थापाको २६ हजार ८ सय ६५ मत प्राप्त गर्नुभएको थियो । 

एमालेले क्षेत्र २ ९क० बाट पनि गणेशप्रसाद बरालको एकल नाम सिफारिस गरेको छ। जिल्ला समन्वय समितिका निवर्तमान प्रमुखसमेत रहेका बराल जिल्लाका सालिन नेता मानिनुहुन्छ ।