११ बैशाख २०८१, मंगलवार 1713926903
Banner

दुईसय कोरोना संक्रमित थपिए, दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ५३७ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २०० जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ३८१ नमुनाको पीसीआर परीक्षण गर्दा ९२ र दुई हजार १५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार सातजनाको मृत्यु भएको छ ।