१५ बैशाख २०८१, शनिबार 1714200773
Banner

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको विभत्स हत्या भएको छ ।

घरबाट खेतीतर्फ जाँदै गरेका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या भएको हो।

हत्या लगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आरोपितले राजकुमारलाइ खेतमा जाँदै गरेको अवस्थामा चौवाटे कुलो र आमाछोरालाई स्थानीय बबिङ खोलामा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । थप विवरण केहीवेरमा आउने बताईएको छ ।