१४ बैशाख २०८१, शुक्रबार 1714161521
Banner

आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट जित्छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले १५० सिट जित्ने दाबी गर्नुभएको छ। बुधबार कञ्चनपुरमा आयोजित कार्यक्रममा ओलीले प्रतिनिधिसभातर्फ एक्लै १५० सिट जित्ने बताउनुभएको हो ।

ओलीले भन्नुभयो, ‘यो गठबन्धन आफैँ बनेको होइन अरू कसैले टाउको जोडिदिएको हो। उनीहरू आफैँ जुटेका पनि होइनन् आफैँ फुट्दैनन्। तर, हामीले आगामी निर्वाचनमा एक्लै प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छौँ।’ गठबन्धनको फूर्ति मंसिर ४ सम्म मात्र रहेको ओलीको टिप्पणी थियो ।

उहाँले एमालेले अरूका बलमा नभई जनताको मतले जित्ने बताउनुभयो ।