२४ बैशाख २०८१, सोमबार 1715032873
विचार

ओली सरकार नै चाहियो

सबै जनता नउठी भएन
नजुटीकन आउँदैन जनशासन

विदेशीको इसारामा दलाल नेता मिले
विकासप्रेमी ओली सरकार हटाइकन छाडे

कम्युनिस्टको नामजपी कांग्रेसको पुच्छर
कम्युनिस्टका कलंक यी कम्युनिस्टका दुच्छर

हाम्रो राम्रो देश यिनले खोक्रो बनाए
भागबण्डा गरीकन देशै खान आँटे

देशैलाई बन्धक राख्न अघिअघि सरे
जनताको हरिबिजोक यिनले पारिछाडे

मिलीजुली मन्त्री बाँडी हसुर्न पो थाले
देशको अवस्था देखेर सहिद रुँदैछन्

जनघाती सरकारबाट जनता पीडित छन्
ओली सरकार नै जनताले फेरि खोज्या छन्
देशभक्त सरकार ल्याउन अघि स¥या छन् ।

(विराटनगर १५,निवासी लेखक महानगरकी अगुवा महिला नेतृ हुन्)