१४ बैशाख २०८१, शुक्रबार 1714144512
Banner

महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडाैं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको बैठक बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बस्ने भएकाे हाे।

पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ। प्रतिनिधिसभाले २२ साउनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाए पनि सदस्यहरूको व्यस्तताले नौ दिनसम्म बैठक बस्न सकेको थिएन।
१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो।

जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो। २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो।

२२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन्।