८ बैशाख २०८१, शनिबार 1713623178
Banner

सिमेन्ट बोकेको टिपर पल्टिदा दुई जनाको मृत्यु

उदयपुर । उदयपुरको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरिङभञ्ज्याङमा सिमेन्ट बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनमा एक जना गम्भिर घाइते भएका छन् । कटारीबाट घुर्मीतर्फ जाँदै गरेको टिपर साइड दिने क्रममा अनियन्त्रित भई सडक भन्दा ५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर कटारी नगरपालिका ८ पाखाटोल बस्ने नर बहादुर मगर र मिर्चिङ कान्छा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।